२५ हजार घुस लिंदै गर्दा पक्राउ

सक्रान्तिबजार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तेह्रथुममा एक मालपोत अधिकृतलाई २५ हजार घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रहेका छन् ।उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट गएका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । उनले जग्गा रजिष्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारले रंङ्गेहात पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *